
चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गरेकी नायिका सुहाना थापा नेपाल आएकी छिन् । उनी, चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका लागि अमेरिकाबाट नेपाल आएकी हुन् ।
सुहाना अमेरिकामा अध्ययनरत छिन् । सुहाना शनिबार नेपाल आइन् र उनले शनिबार नै आयोजित ‘कामना फिल्म अवार्ड’मा ‘उत्कृष्ट नव–नायिका’को अवार्ड हात पारिन् । सुहानालाई नेपाल आउँदै गर्दा यस्तो खुशी मिलेको हो ।
चलचित्र ‘ए मेरो हजुर ३’बाट सुहानाको खुबै तारिफ भयो । उनले यसअघि पनि ‘डी सिने अवार्ड’मा ‘नव–नायिका’को विधामा अवार्ड जितिसकेकी छिन् । सुहानालाई अब भने यो अवार्डको गरिमा जोगाउने चुनौती समेत बढेको छ । किनकी, सुहानामाथि दर्शक र चलचित्रकर्मीको आशा निकै बढेको छ ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4