+
+
Shares

पशुपति क्षेत्रका दोकान भत्काउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १९:४९

६ माघ, काठमाडौं । काठमाडौंमा सार्वजनिक जमीन खाली देखिनै हुँदैन, व्यापारीले कब्जा जमाइहाल्छन् । खुल्लामञ्च, भृकुटीमण्डप, रत्नपार्कमा मात्र होइन, पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा पनि खुट्टा टेक्ने जमीन खाली छैन । पशुपतिमा असन चोक जस्तै बजारले भरिएको अवस्था छ ।

पशुपति क्षेत्रमा भएको अतिक्रमणका कारण सौन्दर्यमा नकारात्मक असर परेको र भक्तजनहरुलाई हिँडडुल गर्न समस्या परेको भन्दै पशुपति क्षेत्र विकास कोषले त्यहाँ रहेका पसल तथा टहराहरु खाली गराउन सूचना जारी गरेको छ ।

सात दिनभित्र अतिक्रमित दोकान र टहराहरु नहटाइए कोषले आफैं भत्काउने चेतावनी दिएको छ ।

पशुपति क्षेत्र विकास कोषले जारी गरेको सूचनाअनुसार पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबलीहरु, खुल्ला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, फकुण्डो क्षेत्रसमेतमा अव्यवस्थित तवरले छाप्रा बनाई फूल, उपहाजन्य पसल व्यवसाय गर्ने, बसोबास गर्ने कार्यहरु भइरहेको भन्दै तिनलाई हटाउन भनिएको छ ।

पशुपति क्षेत्रको मापदण्ड विपरीत एवं स्वीकृति नलिइकन सञ्चालित पसल एवं बसोबासका लागि बनाइएका अस्थायी टहरा प्रथम पटक प्रकाशित मितिले सातदिन भित्र हटाइसक्न भन्दै माघ १ गते कोषले सूचना जारी गरेको थियो । कोषको सात दिने चेतावनी सोमबार पुरा भएकै दिन दोस्रो सूचना प्रकाशित भएको छ ।

सोमबार दिउँसो अनलाइनखबरकर्मी पशुपति परिसरमा पुग्दा कुनै पनि टहराहरु हटाइएका थिएनन् । त्यहाँ अव्यवस्थित रुपमा व्यापार व्यवहाय चलिरहेको थियो । तर, कोषको दोस्रोपटकको सूचनाका कारण पशुपति क्षेत्रमा टहरा हालेर व्यापार व्यवसाय गर्नेहरु त्रसित अवस्थामा देखिन्थे ।

हेर्नुहोस् अतिक्रमित पशुपति क्षेत्रका केही दृश्यहरु:

 

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?