+
+
Shares

सिन्धुलीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १३:२४

१७ माघ, काठमाडौं । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् ।

पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?