
१८ माघ,बुटवल । रुपन्देही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लामा लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ का बिष्णु गाहा मगर र भैरहवाको मेउडीहवा बस्ने रेनु बनियालाई पक्राउ गरेको हो ।
सिद्धार्थनगर नगरपालिका-१ स्थित तनहूँ होटलको कोठा नम्बर १३६ बाट दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनरागन, १ एम्पुल नुफिन लगायतका लागूऔषधका साथै बिभिन्न कम्पनीका ९ थान मोबाइल समेत बरामद गरेको हो ।
रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4