+
+
Shares

नेपाल एयरलाइन्सले तिर्‍यो वाइडबडी र न्यारोबडीको किस्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १६:१०

१७ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता तिरेको छ ।

नेपाल एयरलाइन्सका अनुसार दुईओटा वाइडवडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय ७० र न्यारोवडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ गरी जम्मा एक अर्ब १ करोड ४१ लाख ६४ हजार तीन सय ९३ भुक्तानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षसम्मको किस्ता तिर्न नसकेपछि ब्याजलाई स्याजमा परिणत गरेका यी निकायको पुसको किस्ता तिर्न भने नेपाल एयरलाइन्स सफल भएको हो ।

नेपाल एयरलाइन्सले जहाज किन्दा लागेको ऋणको किस्ता हरेक तीन/तीन महिनामा भुक्तानी गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?