
१७ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले यस वर्ष २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई प्रदेश सरकारले साइकल वितरण गर्दै आएको छ । यसअघि १५ हजार साइकल वितरण गरिसकेको सरकारले यस पटक २० हजारलाई वितरण गर्ने भएको हो ।
यसका निम्ति १० हजार साइकलको टेण्डर भइसकेको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
छोरीको बिमा रकम ३ लाख
प्रदेश सरकारले छोरीको बिमा रकम पनि बढाउने निर्णय गरेको छ । जस अनुसार अब बालिकाले ३ लाख पाउने भएकी छन् ।
२०७५ माघ १ गतेयता जन्मेर बिमा गराउने बालिकालाई २० वर्षपछि रु. ३ लाख दिइने भएको हो । यसअघि १ लाख दिने गरी निःशुल्क बिमा गर्न सुरू गरिएको थियो ।
मधेस सहिद प्रतिष्ठान बन्ने
मन्त्रिपरिषदको बैठकले मधेशी सहिद परिवारको रेखदेख र सम्मानका लागि मधेसी सहिद प्रतिष्ठान पारित गरेको छ ।
मधेश आन्दोलनमा सहादत दिने सम्पूर्ण सहिदको सम्मानका लागि सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षता रहने गरी प्रतिष्ठान बन्ने भएको हो ।
प्रतिष्ठानमा मधेसी सहिद तथा उनका परिवारजनको सम्मान, रेखदेखमा सहयोग पुर्याउन सहिद सम्मान कोषको समेत व्यबस्था रहेको छ ।
राजापा अध्यक्ष मंडलको तत्कालीन सन्योजक राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकबाट मधेसी सहिद कल्याण कोष गठन गर्न पहल गर्ने निर्णय गरेको थियो ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले जनकपुरस्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रियासमेत सरकारले सुरु गरी सकेको जानकारी गराए ।
प्रतिक्रिया 4