+
+
Shares

स्कुल बसले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

रासस रासस
२०७६ माघ १७ गते १७:४१

१७ माघ, हेटौँडा । हेटौँडा-नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका-११ थानाभयाङमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा-३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना१क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ६२९१ नं को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पाख्रिनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टीकाबहाुदर कार्कीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी अटो चालक बैतडी घर भइ हाल हेटौँडा- ११ मा डेरा गरी बस्ने ३७ वर्षीय जयबहादुर महरा र मृतक पाख्रिनका छोरा १४ वर्षीय मनोज पाख्रिन घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको उपरीक्षक कार्कीले बताए ।

शव परीक्षणका लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?