
१७ माघ, बुटवल । रुपन्देहीको सैनामैना रामापुरमा दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा लु ४२ प ७०९६ नम्बरको मोटरसाइकलमा सवार सुदीप चौधरी र नवीन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
मृत्यु हुने युवा अन्दाजी २०/२१ वर्ष हुन् । दुर्घटनामा अन्य १ जना गम्भीर घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
उनीहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4