+
+
Shares

कोरोनाको जोखिम देखिए चीनबाट नेपाली विद्यार्थी फर्काउँछौं : मन्त्री ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १८:२५

१७ माघ, चितवन । स्वास्थ्य तथा जनसंख्य मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीमा कोरोना भाइरसको जोखिम देखिए सरकारले स्वदेश फर्काउने बताएका छन् ।

चितवनको भरतपुरमा शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै मन्त्री ढकालले सरकार चीनमा रहेका नेपालीको सम्पर्कमा नै रहेको बताए ।

‘विद्यार्थीहरुसँग दैनिक सम्पर्कमा पनि छौं, उहाँहरुको चाहना पनि हामीले बुझेका छौं, प्रधानमन्त्रीज्यूसँग पनि यो बारेमा छलफल भैरहेको छ, त्यहाँ रहदा जोखिमपूर्ण अवस्था रहन्छ भन्ने भयो भने फिर्ता ल्याउँछौं ।’

चीनमा रहेका आफ्ना नागरिकलाई अन्य देशले धमाधम फिर्ता लगिरहेका छन् । नेपालमा पनि चीन पढ्न गएका विद्यार्थीका अभिभावकले उनीहरुलाई स्वदेश फर्काउन अपिल गरेका छन् ।

कोरोनाको जोखिमलाई न्यूनिकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, चितवन, बुटवल, तातोपानी र रसुवागढीमा स्वास्थयकर्मीसहितको हेल्पडेस्क राखिएको मन्त्री ढकालले जानकारी दिए ।

विमानस्थलमा डाक्टर र प्राविधिकसहितको ८ जनाको टोली राखिएको छ । चीनबाट आउनेबित्तिकै १ सय डिग्रीभन्दा बढी ज्वरो आएका व्यक्तिहरुलाई निगरानीमा राखेर हेल्प डेस्क मार्फत अस्पताल लैजाने तयारी व्यवस्था गरिएको स्वास्थ्यमन्त्री ढकालले बताए ।

फरक प्रसङ्गमा मन्त्री ढकालले संघ मातहत रहेका १३ वटा अस्पतालहरुमा पुरानै संरचनामा अर्को व्यवस्था नभएसम्मका लागि छिट्टै अस्पताल विकास समिति गठन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?