
Photo Credit : तस्वीरः दिपेन्द्र कर्ण
२७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको प्रतीक्षा कक्षको कफी सपमा आगलागी भएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको बताए ।
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको बताइएको छ ।
आगलागीपछि अहिले विमानस्थलको उडान अवतरण अबरुद्ध भएको थियो । राती १० बजेबाट विमानस्थलमा पुनः सेवा सुरू भएको छ । पहिलोपटक कतार एयरलाइन्सको जहाज दोहा उड्यो भने दिल्लीबाट आएको नेपाल एयरलाइन्स अवतरणको तयारीमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4