+
+
Shares

परिमार्जन नभई एमसीसी पारित हुन्न : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १७ गते १४:५३

१७ फागुन, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए ।

नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै उनले परिमार्जनका लागि सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताए । अमेरिकाले त्यसलाई स्वीकार नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?