+
+

‘सेन्टी भाइरस’को कमाई ४ करोड ग्रस

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १८:०३

फागुणको ९ गतेबाट रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ले दोश्रो साताको शनिबारसम्म आइपुग्दा ४ करोड ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै वितरक गोविन्द शाही र प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेलले कलेक्शन सार्वजनिक गरेका हुन् ।

वितरक शाहीका अनुसार, चलचित्रले काठमाण्डौमा २ करोड १० लाख ३ हजार र काठमाण्डौ बाहिर १ करोड ९० लाख ५ हजार ग्रस कलेक्शन गरेको छ । चलचित्रले देशभरबाट दोश्रो साताको शनिबारसम्म ४ करोड ८ लाख कलेक्शन गरेको वितरक शाहीले जानकारी दिए ।

कलाकार सितारामले भने–‘मोटामोटी लगानी सुरक्षित भएको अवस्था छ । चलचित्रको कुल लगानी २ करोड ८५ लाख हो । जसमा ओभरसिज हामीले १ करोड १५ लाखमा विक्री गरेका थियौ भने ४५ लाख यसको डिजिटल राइट्स थियो ।’

सितारामले चलचित्रको समिक्षाको बिषयमा भने–‘समिक्षकहरुले लेखेको कुरामा मेरो असन्तुष्टी होइन । सुरुवातका २ दिनपछि दोधारका कारण चलचित्र हेर्न दर्शकको फ्लो कम भएको थियो । तर, अहिले दर्शक बढ्नुभएको छ ।’

चलचित्रले नेपालबाट लगानी उठाउन अझै ४ करोडको हारहारीमा व्यापार गर्नुपर्नेछ । सितारामले भने–‘हामीले निकै राम्रो चलचित्र बनेको थियो भनेका पनि छैनौ र म पनि यो भन्दिन । हामीले निकै प्रेसरमा चलचित्र बनाएका थियौ । यसैले पनि कती कमजोरी थिए होलान् । हामी कतै चुकेका थियौं ।’

रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा सितारामको साथमा कुञ्जना घिमिरे, दयाहाङ राइको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?