+
+
Shares

२ करोडसम्म ऋण लिन कर–चुक्ताको प्रमाणपत्र नचाहिने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १९:४४

२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले २ करोड रुपैयाँसम्म ऋण लिन आउनेका लागि कर चुक्ताको प्रमाण पत्र पेश गर्न नपर्ने बताएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।

केहि महिना अघि ऋण लिन आउनेहरुका लागि कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै २ करोडसम्म ऋण लिन करचुक्ताको प्रमाणपत्र नचाहिने व्यवस्था गरेको थियो ।

मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि बिहीबार एकीकृत निर्देशन जारी गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवुकमार ढकालले जानकारी दिए ।

उनका अनुसार अब ५० लाख रुपैयाँसम्म ऋण लिनका लागि कर तिरेको प्रमाण अनिवार्य गरिएको छैन । ५० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म ऋण लिनका लागि भने कर तिरेको प्रमाणमात्रै बैंकमा पेश गरे पुग्छ ।

कर तिरेको भए पनि कर चुक्ताको प्रमाणपत्र भने लिइएको हुँदैन । यस्तो अवस्थामा पनि २ कराेड रुपैयाँसम्म ऋण लिन सकिने ढकालले बताए ।

२ करोड भन्दा पनि माथि ऋण लिन चाहनेले भने कर तिरेको प्रमाणमात्रै नभएर करचुक्ताको प्रमाणपत्र नै पेश गर्नु पर्ने कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।

‘कर तिरेपनि करचुक्ताको प्रमाणपत्र नै लिइएको हुँदैन, कर त तिर्नु त पर्यो तर ५० लाखदेखि २ करोडसम्म लिनेले करचुक्ताको प्रमाण पत्र नै पेश गर्नु पर्दैन’ उनले भने, ‘२ करोड रुपैयाँ माथिका लागि भने कर चुक्ताको प्रमाणपत्र नै अनिवार्य गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?