+
+
Shares

पूर्वमिस नेपाल उषा खड्गीको डिभोर्स

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते ११:१६

पूर्वमिस नेपाल उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट अलग भएको बताएकी छिन् । उनले, एक टेलिभिजन कार्यक्रममा यो कुराको जानकारी गराएकी हुन् । उनले यो कुराको जानकारी गराउँदै गर्दा उनका आँखा रसाएका थिए ।

उनले, आफू शारीरिक र मानसिक रुपमा नै दुर्व्यवहारमा परेको भन्दै अब एकसाथ अगाडि बढ्न नसक्ने पनि उल्लेख गरेकी छिन् । १७ वर्ष लामो सम्बन्धलाई उषा र जीपीले टुंग्याउने निर्णय गरेका हुन् । उनीहरुले २ वर्ष लामो प्रेम सम्बन्धमा रहेर करिब १५ वर्ष अगाडि बिहे गरेका थिए ।

उनले, आफ्नो गाह्रो समयमा सहयोग गर्ने फ्यान र शुभचिन्तकलाई धन्यवादसमेत भनेकी छिन् । सन् २००३ मा वैवाहिक जीवनमा बाँधिएका उषा र जीपीको एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?