+
+
Shares

अख्तियारको हिरासतमा रहेका ८ जना थुनामुक्त, रंगेहात समातिएका पनि छुटे

रसुवा सुनकाण्डका आरोपी हिरासतमै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते २०:२१

१४ चैत, काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनालाई थुनामुक्त गरेको छ ।

अनुसन्धानको सिलसिलामा हिरासतमा लिइएकामध्ये कसुरका आधारमा आठ जनालाई छाडिएको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धानको पूर्णता र कसुरको मात्रा हेरेर उनीहरुलाई छाडिएको अनलाइनखबरलाई जानकारी दिए ।

‘हिरासतमा नराखी बाँकी अनुसन्धान पूरा गर्ने गरी धरौटी लिएर तारेखमा छाड्ने निर्णय भएको छ’, कोइरालाले भने, ‘कसुर अनुसार हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिलाई पनि आधार मानेका छौं ।’

उनले अनुसन्धानको सिलसिलामा रहेका घटनाबारे बताउन नमिल्दै भन्दै हिरासतमुक्त भएका व्यक्तिको परिचय खुलाउन मानेन् । यद्यपि, घुससहित रंगेहात समातिएका केही घटनाका व्यक्ति पनि छुटेको स्रोतले बतायो ।

रसुवामा ११ पुसमा इलाका प्रहरी कार्यालय, टिमुरेले ४२२ ग्राम सुन बरामद गरेको थियो । तर, कारवाही नगरी छाडेर प्रहरी निरीक्षक खेम नेपालसहितको टोलीले आपसमा बाँडेका थिए । प्रकरणमा अख्तियारले नेपालसहित १६ जना प्रहरीलाई हिरासतमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?