+
+
Shares

बागलुङकी किशोरीको सम्पर्कमा आउनेको आइतबार स्याम्पल लिइँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते २०:२९

१५ चैत, पोखरा । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी एक किशोरीमा कोराना संक्रमण पुष्टि भएपछि अहिले उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

चैत ४ मा नेपाल आइपुगेकी नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया किशोरी काठमाडौंबाट विमान चढेर पोखरा र यहाँदेखि माइक्रो बस चढेर बागलुङ पुगेकी थिइन् ।

उनको ११ गते स्वाब लिएर परीक्षणका काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। बागलुङमा किशोरीको पुष्टि भएपछि परिवार, आफन्त र वरपरका व्यक्ति सशंकित भएका छन् ।

‘किशोरी होम क्वारेन्टाइनमा बसेकी थिइन् । उनीसँग सम्पर्कमा आएका र अहिले ज्वरो आउने समस्या देखिएमा स्याम्पल लिने तयारी गरेका छौं,’ बागलुङ स्वास्थ कार्यालय प्रमुख सुरज गुरौले भने, ‘सम्पर्कमा आएका त्यस्ता सम्भावित व्यक्तिहरुको खोजी भइरहेको छ ।’

किशोरीको सम्पर्कमा रहेकोहरुको आइतबार स्वाब संकलन हुने भएको छ । किशोरीको परिवार, सम्पर्कमा रहेका आफन्त र सम्भावित व्यक्तिहरुको स्वाब संकलनका निम्ति बागलुङमै तालिम प्राप्त दुई चिकित्सक तयारी अवस्थामा रहेको प्रदेश जनस्वास्थ प्रयोगशाला प्रमुख सपना सुवेदीले जानकारी दिइन् ।

‘परिवार, आफन्त र उनको उनको सम्पर्कमा आएकाहरुको पहिचानपछि भोलि स्वाब संकलन गरेर भोलि नै परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ,’ सुवेदीले भनिन्, ‘२ जना तालिमप्राप्त चिकित्सक बागलुङमा हुनुहुन्छ भने पोखरादेखि बिहानै पीपीई लिएर अर्को टोली जानेछ ।’

बागलुङमा किशोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यसको सन्त्रास पोखरामा पनि बढेको छ । किशोरी पोखराहुँदै बागलुङ गएकाले उनीसँग अरु पनि सम्पर्कमा आएको हुनसक्ने भएकाले त्रास फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?