+
+
Shares

एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड पुँजीगत लाभ कर

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १५:३८

१८ चैत, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ ।

मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । उक्त रकम लकडाउन सकिए लगत्तै तिर्न आग्रह गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?