+
+
Shares

कोरोना संकटः जनप्रतिनिधि र कर्मचारीको तलब ६० प्रतिशत कटौती गर्ने महाराष्ट्र सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १६:३५

१८ चैत, काठमाडौं । भारतको महाराष्ट्र सरकारले जनप्रतिनिधि र कर्मचारीको तलब कटौती गर्ने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण राजस्व संकलनमा कमी आउने आशंकासँगै सरकारले यस्तो घोषणा गरेको हो ।

महाराष्ट्रमा अहिलेसम्म २२५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्, जसमध्ये १० जनाको मृत्यु भएको छ ।

सहायक मुख्यमन्त्री एवं वित्तमन्त्री अवित पवरले कर्मचारी युनियनसँग छलफलपछि तलब कटौतीको घोषणा गरेका हुन् । यो निर्णयले कोरोना भाइरसविरुद्ध लड्न सरकारलाई बल पुग्ने उनले बताए ।

यो निर्णयअनुसार मुख्यमन्त्री उद्धव ठाकरेदेखि ग्राम पञ्चायत सदस्यको मार्च महिनाको तलब ६० प्रतिशत कटौती हुनेछ । कटौतीपछि उनीहरुले तलबको ४० प्रतिशत रकम मात्र पाउनेछन् । ए र बी श्रेणीका सरकारी कर्मचारीले पनि ५० प्रतिशत मात्र तलब पाउनेछन् । सी श्रेणीका कर्मचारीको मार्चको तलबमा २५ प्रतिशत कटौती हुनेछ ।

‘पियन र कार्यालय सहयोगीजस्ता डी श्रेणीका कर्मचारीको तलब भने काटिने छैन’ मन्त्री पवरले भने, ‘मलाई विश्वास छ कर्मचारी र उनीहरुको संगठनले सरकारको निर्णयलाई मद्दत गर्नेछन् ।

यस्तै प्रदेशमा रहेका सबै पार्टीले आफ्नो विधानसभा सदस्यको एक महिनाको तलब सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय समेत गरेका छन् ।

यसैबीच प्रदेश सरकारले कोरोनाविरुद्ध लड्न संघीय सरकारसँग २ खर्ब ५० अर्ब भारुको सहयोग प्याकेज मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?