+
+
Shares

वैशाख ३ गतेसम्म आन्तरिक हवाई सेवा पनि रोकिने

अच्युत पुरी अच्युत पुरी
२०७६ चैत १८ गते १८:१२

१८ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ ।

प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द रहने छन् । अर्थात् लकडाउन २५ चैतमा खुले पनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने छैनन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय लिखित रुपमा सार्वजनिक नभएको र प्राधिकरणबाट मंगलबार मात्र नयाँ परिपत्र भएका कारण वायुसेवा कम्पनी अलमलमा परेका थिए ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उच्चस्तरीय समितिको निर्णयकै आधारमा प्राधिकरणबाट कम्पनीहरुलाई परिपत्र गरिएको जानकारी दिए ।

यस अविधमा कुनै पनि व्यवसायिक उडान हुने छैनन् । तर, आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान भने रोकिने छैनन् । यो निषेध आन्तरिक र बाह्य दुबैमा कायम रहने भएको छ ।

आइतबार कोभिड १९ उच्चस्तरीय समन्वय समितिको बैठकले कोभिड १९ को संक्रमणको अवधिमा साविकदेखि स्थगित गरिएको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय व्यवसायिक हवाई उडानहरुलाई आगामी १५ अप्रिल २०२० सम्म स्थगन गर्ने निर्णय गरेको थियो ।

तर, निर्णय सार्वजनिक गर्ने क्रममा भनिएको थियो, ‘हवाई उडानका सन्दर्भलाई अहिले जुन व्यवस्था छ, सोही अनुसार १५ अप्रिलसम्म स्थगित गर्ने निर्णय भएको छ ।’ त्यसबेला राष्ट्रिय वा अन्तर्राष्ट्रिय खुलाइएको थिएन ।

यसअघि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको र लकडाउन घोषणा नभएको समयमा आन्तरिक उडान निर्वाध चलेका थिए । यसपटक पनि सोहीअनुसार हुने अनुमानसहित सोमबार वायुसेवा कम्पनीले आफ्ना यात्रुलाई लक्षित गर्दै सूचना निकालेका थिए।

जसमा २५ चैतसम्म लकडाउन हुने र त्यसअवधि (१८ देखि२५ चैतसम्म) आन्तरिक उडानसमेत बन्द हुने उल्लेख थियो । सबैजसो वायुसेवा कम्पनीले यस अवधिमा काटेको टिकटको पैसा २६ चैतपछि फिर्ता हुने समेत उल्लेख गरेका छन् ।

प्राधिकरणको परिपत्रपछि भने वायुसेवा कम्पनीले वैशाख ३ अघि नियमित उडान गर्न नपाउने पक्का भएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?