+
+
Shares

स्पेनमा एकैदिनमा ८४९ जनाको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १८:०४

१८ चैत, काठमाडौं । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८४९ जनाको मृत्यु भएको छ ।

यो कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा अहिलेसम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससँगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८ हजार १८९ पुगेको छ

स्पेनका विदेशमन्त्रीले बिस्तारै कोरोना भाइरस संक्रमितको संख्यामा बिस्तारै कमी आउने अपेक्षा गरेको भोलिपल्ट स्पेनमा अहिलेसम्मकै सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका हुन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८९१ संक्रमित थपिएका छन् । अहिलेसम्म स्पेनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ९४ हजार ४१७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?