
१८ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको बताएको छ । साथै उसले सबैलाई कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न आग्रह गरेको छ ।
चीनको बुहावबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले युरोप र अमेरिकाका बढी छ । तर एसिया–प्रशान्त क्षेत्रमा पनि यसको प्रभाव नरोकिएको डब्लुएचओले बताएको छ ।
डब्लुएचओको पश्चिमी प्रशान्तका क्षेत्रीय निर्देशक डा. टाकेशी कासाईले यो लडाइँ लामो समयसम्म जारी रहने भएकाले आफ्नो सुरक्षाको व्यवस्था गरिरहनुपर्ने बताए ।
उनले सबै मुलुकले स्थानीय अवस्थाअनुसार भाइरस रोक्ने प्रयत्न जारी राख्नुपर्ने उल्लेख गरे । त्यसका लागि संक्रमितको पहिचान, आइसोलेसन र परीक्षणको काम छिटै गर्ने, संक्रमितको सम्पर्कमा आएका मानिसलाई जतिसक्दो छिटो क्वारेन्टाइनमा राख्ने र सामाजिक दुरी कायम गर्ने उपाय अवलम्बन गर्ने कामलाई सबै मुलुकले जारी राख्नुपर्ने कासाईको भनाइ छ ।
प्रतिक्रिया 4