+
+
Shares

सिद्धार्थनगरले दियो विपन्नलाई खाद्यान्न 

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १९:२८

१८ चैत, बुटवल । भैरहवाको सिद्धार्थनगर नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका गरिब तथा विपन्न परिवारको लगत संकलन गरी दैनिक उपभोग्य सामग्री वितरण सुरु गरेको हो ।

नगरपालिकाले मंगलबार एक सय ३९ घरधुरी विपन्न परिवारलाई अति आवश्यक खाद्यान्न सामग्री वितरण गरेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए ।  वडा नम्बर १ बाट सुरु भएको राहत वितरण कार्य १३ वटै वडामा गरिने उनले बताए ।

नगरको १३ वटै वडामा रहेका एक हजार ८ सय ७२ जना ज्याला मजदुरी गरेर खाने विपन्न परिवारलाई राहत वितरण गरिने अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?