+
+
Shares

बलान बिहुल गाउँपालिकाले बाँड्यो मास्क र साबुन

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १३:४९

१९ चैत, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्ना सम्पूर्ण जनतालाई कोरोनाबाट सुरक्षित राख्नको लागि राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले हरेक परिवारलाई नियमित हात धुन साबुन र प्रयोग गर्न मास्क वितरण गरेको हो ।

वडा नम्बर १ देखि ६ सम्मका सबैलाई साबुन र मास्क वितरण गरिएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ मा ३५ सय, वडा नम्बर २ मा २७ सय, वडा नम्बर ३ मा ४ हजार, वडा नम्बर ४ मा ३५ सय, वडा नम्बर ५ मा ३ हजार र वडा नम्बर ६ मा ३ हजार जनालाई साबुन र मास्क वितरण गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका निम्ति गाउँपालिकामार्फत् साबुन र मास्क वितरण गरिएको अध्यक्ष गोइतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?