+
+
Shares

श्रमिकको उद्धारमा दबाब दिन सामाजिक सञ्जालमा ‘एसएमएस अभियान’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ६ गते २२:०७

६ चैत, काठमाडौं । लम्बिँदै गएको लकडाउनकाबीच घर जाने क्रममा समस्यामा परेका मजदुरहरुको उद्धारका लागि सामाजिक सञ्जालमा एसएमएस अभियान चलेको छ । सर्वाेच्च अदालतले शुक्रबार दिएको आदेश कार्यान्वयन गर्दै घर जान लागेका श्रमिकहरुलाई सहजै गन्तव्यमा पुर्‍याउन दबाब दिने उद्देश्यले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई एसएमएस पठाउने अभियान चलाइएको हो ।

सामाजिक सञ्जालमा पोखरेल र रिमालको मोबाइल नम्बर राखेर सो नम्बरमा ‘बाटामा अलपत्र परेका मजदुरहरुलाई घर पुर्‍याइदिनुहोस्, सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्नुहोस्’ भन्ने वाक्यांश लेखेर पठाउन आग्रह गरिएको छ । जसमध्ये पोखरेल कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिका संयोजक हुन् भने रिमाल तत्कालीन नेकपा एमाले निकट श्रमिक संगठन जिफन्टका पूर्वअध्यक्ष एवं हाल सो संस्थाका संरक्षक हुन् ।

शुक्रबार मात्रै सर्वोच्च अदालतले घर फर्किन चाहेका श्रमिकहरुलाई सुरक्षित रूपमा घर फर्काउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । शुक्रबार नै प्रधानमन्त्रीले जो जहाँ छन् त्यहीँ राख्ने व्यवस्थापन गर्न र हिँडेर पनि एक ठाउँबाट अर्काे ठाउँमा जान नदिन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?