+
+
Shares

समाजवादीको आरोप : प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण गरियो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते २०:१०

१० वैशाख, काठमाडौं । महोत्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ ।’

स्रोतका अनुसार यसअघि पनि प्रधानमन्त्री निकटका मानिसहरुले यादवलाई समाजवादी पार्टी फुटाउने कार्यमा सघाएमा ‘जे चाहिन्छ त्यो दिने’ बताएका थिए । यादव पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । तर, पछिल्लो समय यादवले आफूले पार्टी नफुटाउने बताउँदै आएका थिए ।

यादवको फोन स्वीच्ड अफ छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यसबारे आफूलाई जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?