+
+
Shares

पूर्वसचिव भीम उपाध्याय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते २२:०३

१० वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग छ ।

सचिवबाट अवकाश पाएपछि उपाध्यायले सरकारका गतिविधिविरुद्ध खरो आलोचना गर्दै आएका छन् । पछिल्लो समय उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नै भद्दा टिप्पणी गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?