+
+
Shares

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १६:२६

११ वैशाख, काठमाडौं । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरूमध्ये ९ जना निको भइसकेका छन् ।

उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरू सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?