
१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण ऋणीहरूलाई समस्या परेको भन्दै कृषि विकास बैङ्कले सहुलियत दिएको छ । बैङ्कले प्रदान गर्ने कर्जामा तीन प्रतिशतसम्म ब्याजदर छुट दिने बैङ्कले जानकारी दिएको हो ।
बैङ्कको एक वर्षको अवधिमा १२ प्रतिशतमा कर्जा लगानी गरेको थियो। घटाएर ११ बनाएकोमा लकडाउनका बेला ऋणीहरू समस्यामा परेको भन्दै बैङ्कले नौ प्रतिशतमा ब्याजदर झारेको बैङ्कका प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए ।
प्रवक्ता पौड्यालकाअनुसार यो सुविधा पुराना तथा नयाँ ऋणी सबैले पाउनेछन् ।
अर्थात्, यसअघि ११ प्रतिशत ब्याज तिर्दै आएका ऋणीले नौ प्रतिशतमात्रै तिरे हुनेछ । बैङ्कले एक लाख ४५ हजार ऋणीलाई एक खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने एक खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
अन्य बैङ्कहरूले ब्याजदर घटाउने निर्णय जेठ एक गतेदेखि कार्यान्वयन गर्ने बताइरहेका बेला कृषि विकास बैङ्कले भने एक गतेदेखि नै कार्यान्वयन भइसकेको जानकारी दिएको हो ।
प्रवक्ता पौडेलका अनुसार चैत अन्तिम साता बैङ्क सञ्चालक समितिले निर्णय गरेरु १ वैशाखबाट कार्यान्वयन नै सुरु भइसकेको छ। यसैगरी बैङ्कले साधारण बचतको ब्याजदर पनि ५ प्रतिशत दिने बताएको छ ।
प्रतिक्रिया 4