+
+
Shares

स्पेनमा कोरोनाबाट एकै दिनमा मृत्यु हुनेको संख्या एक महिनायताकै कम

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते १९:४३

१४ वैशाख, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिनमा मृत्यु हुनेको संख्या एक महिनायताकै कम विन्दुमा आइपुगेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा दुई सय ८८ जनाको मृत्यु भएको छ ।

एक महिनाभन्दा लामो समयपछि स्पेनमा एकै दिनमा मृत्यु हुने मानिसको संख्या सबैभन्दा कम देखिएको हो । अघिल्लो दिन स्पेनमा तीन सय ७८ जनाको मृत्यु भएको थियो । स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २३ हजार एक सय ९० पुगेको छ ।

बिस्तारै संक्रमित र मृतकको संख्या घट्न थालेपछि सरकारले लकडाउन पनि खुकुलो पारेको छ । आइतबारदेखि स्पेनको राजधानी सहर मेडि्रडमा बालबालिकाहरुलाई घरबाहिर निस्किन पनि अनुमति दिइएको छ ।

पछिल्लो ६ सातादेखि घरमा नै बसेका बालबालिकाहरु आइतबार भने क्याड्रिडको सडकमा निस्किएका छन् । सरकारले बालबालिकालाई दिनमा एकपटक एक घण्टाको लागि आफ्नो घरभन्दा आधा माइल परसम्म जाने अनुमति दिएको हो । यद्यपि मुलुकमा स्कुलहरु भने अझै बन्द नै रहनेछन् । स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?