+
+
Shares

बालुवाटारमा ओली–नेपाल छलफलपछि कोटेश्वरमा दुवै टोलीबीच वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते १४:५४

१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी तीव्र भइरहेका बेला ओली र माधव कुमार नेपाल बीच समझदारी गराउने प्रयास जारी छ ।

दुवै पक्षका नेताहरुबीच शक्ति बाँडफाँटको छलफल हुनुअघि प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच सोमबार पुनः छलफल भएको छ ।

ओली र नेपालबीच एक्लाएक्लै कुराकानीपछि दुवैतर्फका नेताहरु संवादमा जुटेका छन् । ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल शुरु भएको छ ।

नेपाल पक्षका स्थायी कमिटीको आइतवारको बैठकले प्रधानमन्त्रीसँग समझदारीको बटमलाइन बनाउने जिम्मा नेपाललाई नै दिएको थियो । सोही बमोजिम नेपाल बालुवाटार पुगेका हुन् ।

ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका छन् ।

नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता सहभागी रहेको नेकपा स्रोतले जनाएको छ ।

नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने भनेको छ । त्यस्तै एक व्यक्ति एक पदको अवधारणाअनुसार तलदेखिकै जिम्मेवारीमा हेरफेर हुनुपर्ने मागसमेत नेपाल पक्षले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?