+
+
Shares

वीरगञ्जमा पाइप उद्योगको गोदाममा आगलागी, १० लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते १५:०६

१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज–१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको छ ।

तयारी पाइप राखिएको गोदाममा आगलागी हुँदा करिब  १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट एक थान मोटरसाइकल समेत जलेको छ भने गोदम आसपासका घरका झ्यालहरुमा सामान्य क्षति पुगेको छ ।

दिउँसो १ बजेतिर लागेको आगो वीरगञ्ज महानगरपालिकाको २ वटा वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा एक घण्टामा नियन्त्रणमा लिइएको थियो ।

सञ्चालक विनय नेपालका अनुसार गोदाममा कामना र मनकामना प्लाष्टिक पाइप फ्याक्ट्रीबाट उत्पादित पाइप राखिएको थियो । ज्वलनशील पदार्थ पाइप राखिएको गोदाममा आगलागी हुँदा वीरगञ्जमा कालो धुवाँको मुस्लो देखिएको थियो ।

गोदाममा कसरी आगलागी भयो भन्नेबारेमा केही खुल्न नसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सयममै वारुण यन्त्र र सुरक्षाकर्मी आइपुगेकोले ठूलो क्षति हुनबाट बचेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?