+
+
Shares

प्रचण्डसँग खनाल र गौतमको भेट

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते १६:४६

१५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष नेताहरुको राजनीतिक भेटवार्ता चलिरहेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । त्यही बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भने वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले भेटेका छन् । दुवै नेताले छुट्टाछुट्टै भेटेको नेकपा स्रोतले जनाएको छ ।

नेकपामा नेताहरुले स्थायी कमिटी बैठक तत्काल बोलाउन माग गर्दै आएका छन् । तर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तत्काल बैठक राख्ने पक्षमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?