
१५ वैशाख, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा महत्वपूर्ण आयोजना र अत्यावश्यक वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्ने उद्योग सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
सोमबार जारी गरेको सूचनामा प्रशासनले जिल्ला विपद् व्यवस्थापन समितिको वैशाख १२ गतेको निर्णयअनुसार यस्ता आयोजना र उद्योग सञ्चालन गर्न भनिएको छ । सरकारले लागु गरेको लकडाउनको समेत पालना हुने गरी यस्ता आयोजनाहरू सञ्चालन गर्न सहजीकरण गर्ने प्रशासनको भनाइ छ ।
संघीय सरकार र प्रदेश सरकारले लकडाउनका बेलामा पनि सञ्चालनका लागि स्वीकृति दिएका आयोजना, बर्खाअघि सम्पन्न गरिसक्नुपर्ने आयोजना, विपद् तथा जोखिम हुनसक्ने आयोजनाहरूको काम सुचारु गर्न प्रशासनले अनुरोध गरेको छ। तर, त्यसका लागि अनिवार्य आन्तरिक क्वारेन्टाइन बनाउने र प्रशासनले जारी गरेका मापदण्ड लागु गर्न पनि जारी सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले क्वारेन्टाइनसम्बन्धी मापदण्ड पनि तयार गरेको छ । यस्ता आयोजना सञ्चालन गर्दा एक पटक कामदार लैजान जिल्ला प्रशासन कार्यालयबाट पास लैजानुपर्ने, क्वारेन्टाइनमा बसेका कामदारलाई बाहिर हिँड्न रोक्ने, निर्माण सामग्री लैजाँदा प्रहरीलाई विक्रेता र उपभोक्ता दुवैले जानकारी गराउनुपर्ने, नदीजन्य सामाग्रीहरू सूर्योदयदेखि सूर्यास्तसम्म काहीँ पनि नरोकी सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ निर्माण भइरहेको राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम पनि छिट्टै थाल्ने आयोजनाले जनाको छ ।
प्रतिक्रिया 4