+
+
Shares

कांग्रेस र समाजवादीसँग डा. लोहनीले गरेको सहमतिप्रति कमल थापाको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते १९:४५

१५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सरकारविरुद्ध संयुक्त संघर्ष वा मोर्चाबन्दी गर्ने कुनै निर्णय नगरेको बताएका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरू सम्मिलित बैठकले सोमबार लोकतन्त्रवादी शक्तिहरूले एकताबद्ध भएर संघर्ष गर्ने प्रतिवद्धतासहितको तीनबुँदे विज्ञप्ति आएलगत्तै थापाले यस्तो असहमति सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा राप्रपाका तीन अध्यक्षमध्येका एक डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।

लोहनीको हस्ताक्षर लगत्तै अर्का अध्यक्ष थापाले राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपयुक्त नहुने धारणा सार्वजनिक गरेका हुन् ।

‘सरकारका स्वेच्छाचारी गतिविधि र अधिनायकवादी प्रवृत्तिको राप्रपाले सशक्त विरोध गर्दै आएको छ । भविष्यमा पनि गरिरहने छ’ अध्यक्ष थापाले टि्वटरमा लेखेका छन्, ‘संकटको वर्तमान घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपयुक्त हुँदैन, दलहरूबीच मोर्चाबन्दी गर्ने/संयुक्त संघर्षमा जानेबारे राप्रपाले कुनै निर्णय गरेको छैन ।’

पार्टी एकतापछि राप्रपामा थापा, डा.लोहनी र पशुपति शमशेर राणा अध्यक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?