+
+
Shares

हिमपहिरोमा पुरिएको साढे ३ महिनापछि कोरियाली नागरिकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते ११:०७

१६ वैशाख, काठमाडौं । गत वर्ष माघमा कास्कीको अन्नपूर्ण गाउँपालिका १ हिङ्कु केभमामा हिमपहिरोमा बेपत्ता भएका एक पर्यटकको शव भेटिएको छ ।

नेपाली सेनाको टोलीले हिमपहिरोमा बेपत्ता भएका एक जना कोरियाली नागरिकको शव सोमबार भेटेको हो । शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको नेपाली सेनाले जनाएको छ ।

२०७६ माघ २ गते अन्नपूर्ण गाउँपालिका १ हिङ्कु केभ इलाकामा गएको हिमपहिरोमा परी ३ जना नेपाली गाइड र चार जना कोरियाली पर्यटक बेपत्ता भएका थिए । तीमध्ये दुई जना नेपाली गाइड र दुई जना कोरियाली पर्यटकको यसअघि नै शव भेटिएको थियो ।

अझै एक जना नेपाली र एक जना कोरियाली नागरिक हराइरहेकाले हिउँभित्र पुरिएको सम्भावित स्थानमा खोजी भइरहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?