+
+
Shares

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ वैशाख १६ गते २१:०५
रौतहटमा कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गर्न आएको टोली ।

१६ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।

क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेभिट आएको थियो ।

तर घर गएर परिवार र समुदायमा १० दिन बिताइसकेपछि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् ।

काठमाडौंबाट वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । र, त्यसक्रममा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्थानीय प्रशासनले वृन्दावन नगरपालिका ९ भुसाहा क्षेत्र र देवाही गोनाही नगरपालिका १ को क्षेत्रलाई सिल गरेको छ । समुदायको बृहत रुपमा स्क्रिनिङ गर्नुपर्ने भएकोले दुवै वडालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?