+
+
Shares

सर्वोच्चको आदेशपछि रिहा भए ज्ञानेन्द्र शाही

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १७:३८

१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ ।

शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो ।

शाहीलाई थुनामै राखेर नै मुद्धा अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चले बताएको छ ।

उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए । उनलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट  थुनामा राख्न अनुमति लिएको थियो ।

शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई पक्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?