+
+
Shares

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते ७:३४

१७ वैशाख, काठमाडौं । बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना संक्रमण भए÷नभएको परीक्षण गरिएको थियो । हालसम्म बहराइनमा १ हजार ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?