
१७ वैशाख, काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर (एक लाख २६ हजार १८ रुपैयाँ) पुगेको छ ।
केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस आँकडामा पुगेको हो । गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो । करिब एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ ।
यस वर्ष २.२७ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिँदा प्रतिव्यक्ति आयमा समेत यसको प्रभाव देखिएको छ । यस वर्ष विप्रेषण आयसमेत केही खुम्चने भएको छ । विभागका अनुसार यस वर्ष सात खर्ब १६ अर्ब रुपैयाँ मात्र विप्रेषण आय हुने अनुमान गरिएको छ ।
नेपालको कुल गार्हस्थ उत्पादन (उपभोक्ता मूल्य)लाई कुल जनसंख्यालाई भाग लगाउँदा प्रतिव्यक्ति आय प्राप्त हुनेछ। चालु आवमा नेपालको जीडीपी ३७ खर्ब ६७ अर्ब पुगेको छ ।
प्रतिक्रिया 4