+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

विराटनगरमा कोरोना अस्पतालको फोहोर कसरी गरिन्छ विसर्जन ?

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख १७ गते १७:१९

१७ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना भाइरस संक्रमित ३१ जना छन् । सबै संक्रमितको विराटनगरको अस्थायी कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल आसपासका मानिसहरुले फोहोर व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयप्रति चासो राखिरहेका छन् ।

कोरोना अस्पतालका चिकित्सक सिनियर फिजिसियन डा. दीपक सिग्देल फोहोर व्यावस्थापन प्रभावकारी रुपमा भइरहेको दाबी गर्छन् । ‘अस्पतालको फोहोरमा केमिकल हाल्छौं र पछि जलाउँछौं,’ उनी भन्छन्, ‘स्वास्थ्यकर्मी र संक्रमितले प्रयोग गरेका सामग्री छुट्टा छुट्टै स्थानमा विर्सजन हुन्छ ।’

कोरोना अस्पताल स्थापना गर्दादेखि नै फोहोर व्यवस्थापनमा ध्यान दिएको भन्दै उनले अस्पतालले कम्पउण्डवालभित्र नै फोहोर विसर्जन गर्दै आएको बताउँछन् । डा. सिग्देलका अनुसार फोहोरलाई जलाउनुअघि त्यसमा केमिकल प्रयोग गरेर भाइरस फ्री बनाइन्छ र जलाइन्छ । संक्रमितबाट सिर्जित ठोस फोहोरलाई जलाउने गरेको उनले बताए । शौचालयको फोहोर र धाराको फोहोर व्यवस्थापनका लागि बेग्लै स्थान बनाइएको उनले बताए ।

अस्पतालमा १३ जना संक्रमित बस्ने हलमा एउटा शौचालय छ । अन्य कोठामा चार–चार जना संक्रमित बस्ने गरेका छन् । ती कोठाकाले भने एउटै शौचालय प्रयोग गर्छन् । पाँच बिघा क्षेत्रमा फैलिएको कोरोना अस्पतालको कम्पाउण्डभित्र दुईवटा खाडल खनेर वरिपरिबाट घेरेर फोहोर जलाउने गरिएको डा. सिग्देलले बताए ।

‘एउटा खाल्डोमा स्वास्थ्यकर्मीले प्रयोग गरेका पीपीईलगायतका सर्जिकल सामग्रीको विसर्जन हुन्छ,’ उनी भन्छन्, ‘अर्काे खाल्डोमा संक्रमितले प्रयोग गरेका पानीका बोतल, खाना बोकेका सामग्रीलगायत विसर्जन हुन्छ, विसर्जनमा खटिने कर्मचारीले पीपीई लगाउँछन् ।’

इन्सिनेटर भए सजिलो हुन्थ्यो

अस्पतालले फोहोर मट्टितेल/पेट्रोल प्रयोग गरेर जलाउँदै आएको छ । यसरी जलाउँदा समय बढी लाग्छ । ‘ धेरै सामग्री सहज रुपमा जलाउन सकिन्छ । केही सामग्री जल्छ तर अलि समय लाग्छ,’ उनी भन्छन्, ‘प्रविधि नभएका कारण झन्झट छ ।’

कोसी अस्पताललाई केही दाताले फोहोर डढाउनका लागि इन्सिनेटर दिने आश्वास दिएका छन् । यदि इन्सिनेटर प्राप्त गरेको खण्डमा फोहोर जलाउन सजिलो हुने डाक्टर सिग्देल बताउँछन् ।

ल्याबको फोहोर काटेर जलाइने

कोसी अस्पताल मातहत रहेको कोरोना अस्पताल र कोरोना परीक्षण ल्याब छुट्टाछुट्टै स्थानमा छन् । कोरोना संक्रमितको नमुना परीक्षण गर्नुपर्ने कारण कोसीको ल्याबमा कार्यरत कर्मचारीले प्रयोग गर्ने सामग्री जलाउन पनि सतर्कता अपनाइएको छ ।

‘पीपीई लगायतका सामग्री आधा घण्टा भिजाउँछौंं र कटिङ मेसिनले काटेर जलाउँछौंं ।’ अस्पतालकी मेसु डा. संगीता मिश्रा भन्छिन् ‘अरु फोहोर भन्दा सावधानी अपनाएका छौं ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?