+
+
Shares

कविता : कहाँ गए मान्छेका जाति ?

डा. संगीता स्वेच्छा डा. संगीता स्वेच्छा
२०७७ वैशाख १७ गते १९:४१

सोचमा डुब्दैछौं
प्रश्नहरू उब्जिन्छन्
बारम्बार गुजुल्टा बनी ।
एक आपसमै अल्झिन्छन्
ठोकिन्छन् पनि ।
प्रश्नहरू आफैंलाई प्रश्न गर्दै
सोध्छन्–कहाँ गए मान्छेका जाति ?
किन छन् सुनसान
यी सडकहरू
न आकाशमा हवाइजहाज
न छन् बाटामा गाडी।
अतिक्रमण गरेर
हाम्रै बासस्थानमा
बनाएका ती बाटाहरू
निर्ममतापूर्वक रेटेर रुखहरू
बिछ्याएका ती लामा पुलहरू
नाशेर जंगलहरू
ठड्याइएका ती अग्ला घरहरू
असरल्ल छाडेर
‘कहाँ गए यी मान्छेका जाति ?
म त आएको थिएँ
यो सडक, मात्र यो सडक
चियो गर्न

मान्छेको वंश नै
नाश भयो कि बुझ्न ।
तर, पाइनँ मैले मेसो कतै।
छ त केवल
एकतमासको सन्नाटा जताततै ।
प्रश्नहरू भने
एकआपसमै बाझ्छन् फेरि
ती साधारण देखिने
तर, मनका डरलाग्दा
भयंकर अनि स्वार्थी मानव जाति
मजस्ता जंगलका राजालाई पनि
मुसा झैं बनाएपछि
आफै कुन दुलोमा लुकेछन् ?
हिजोआज कता हराएछन् ?
हाम्रा प्रत्येक गतिविधि
जंगलमा समेत
नियन्त्रण गर्ने यो प्रजाति
हाम्रो स्वतन्त्रता
अनि, प्रकृतिमाथिको अधिकार
सबैमा अधिपत्य जमाएका
यी मानवहरू
किन कतै देखिन्न् ?
आफ्नै बारेमा मात्र सोच्दा सोच्दै
कतै यो प्रजाति लोप त भएनन् ?

(कवि स्वेच्छा बेलायतमा वातावरणविद् विशेषज्ञका रुपमा कार्यरत छिन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?