
२५ वैशाख, काठमाडौं । आज २५६४ औं बुद्धजयन्ती मनाइँदै छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूणिर्मा -आज)को दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापूर्वक यो दिनलाई मनाउने गर्छन् ।
काठमाडौंको वौद्धनाथ वुद्ध धर्मावलम्बीहरुको एक प्रमुख धार्मिकस्थल हो । हरक वर्ष वौद्ध जयन्तीमा यहाँ सयौं मानिसहरु दर्शन, पूजापाठ र प्रार्थनाका लागि जाने गर्दथे। तर यस वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणा लागि सरकारले गरेको लकडाउनका कारण धेरै मानिस उपस्थित हुन सकेनन् ।
यद्यपि केही वौद्ध धर्मावलम्बी, धर्मगुरु र भिक्षुहरु उपस्थित भई विधिपूर्वक प्रार्थना र पूजापाठ गरे । कोरोना भाइरसको संक्रमणविरुद्ध सचेत हुँदै वौद्धनाथ वरपर डिसइन्फेक्सन स्प्रे पनि छर्किइएको थियो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4