
१३ जेठ, कैलाली । कैलालीमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।जानकी गाँउपालिका- १ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।
६ गते १६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा मंगलबार एक जनामा संक्रमण देखिएको जानकी गाउँ पालिका स्वस्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बाताए ।
भारतबाट जेठ ३ गते कैलाली आएका उनी जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा थिए ।
१६ जनामध्ये ४ जनालाई संक्रमण देखिएको छ उनले भने अन्य को रिपोर्ट आउन बाँकी छ । यसअघि यसै क्वारेन्टाइनमा बसेका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
योसंगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ । बैतडीमा ५, अछाममा १ र डडेल्धुरा, कञ्चनपुरमा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4