+
+
Shares

वीरगञ्जमा डाक्टरका दुई समूहबीच कुटाकुट

प्रेम लामा प्रेम लामा
२०७७ जेठ १३ गते २१:१८

१३ जेठ, काठमाडौं । वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो ।

नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले पुगेका थिए । सिंहले भने आफूहरु कुराकानीका लागि बोलाएपछि गएको दाबी गरेका छन् ।

विवादको क्रममा झगडम हुँदा  नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका थिए । ‘ह्वाट्स एप ग्रुपमा भएको कुराकानीको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको रहेछ,’ नारायणी अस्पतालका डा. उदयनारायण सिंहले अनलाइनखबरसँग भने, ‘क्वारेन्टाइन स्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुख पुगेर विवादलाई साम्य पारेका हौं ।’

‘एनएमए नारायणी जोन ब्रान्च नाम भएको ह्वाट्सप ग्रुपमा डा. मधुरञ्जन सिंहले लामो समयदेखि सरकारी अस्पताल र चिकित्सकलाई गाली गलौच गर्दै नकारात्मक टिप्पणी गर्दै आएका रहेछन्,’ डा. सिंहले भने, ‘अस्पतालका जुनियर चिकित्सकहरुले त्यसको प्रतिवाद गरेपछि विवाद सिर्जना हुन गएको रहेछ ।’

सरकारी अस्पतालले प्रभावकारी काम गर्दैन, त्यहाँ कार्यरत सबै डाक्टहहरु फटाह हुन्छन्, मेसिनले पनि राम्रोसँग काम गर्दैन भनेर डा. मधुरञ्जन सिंहले ह्वाट्सएप ग्रुपमा लेख्दै आएपछि आफूहरुले त्यसको प्रतिवाद गर्दै यस्तो संकटको घडीमा मेहनत गर्ने चिकित्सकहरुको मनोबल गिर्ने गरी नबोल्न सुझाव दिँदा २/३ जना मानिस लिएर क्वारेन्टाइन स्थलमै विवाद गर्न आएको नारायणी अस्पतालका जुनियर चिकित्सकहरुले बताएका छन् ।

यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको महामारीसँग लड्न अग्रपंक्तिमा रही व्यस्त रहेको समयमा जुनियर चिकित्सकहरुबीच विवाद गर्नु उचित होइन । त्यसैले दुवै पक्षलाई मेलमिलाप गराइसकेका छौं ।’

लेखक
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?