+
+
Shares

ट्रम्पका ट्वीटमा ट्वीटरको ‘फ्याक्ट चेक’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १०:०३

१४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद ट्वीट गर्न थालेपछि ट्वीटरले त्यसको तथ्य जाँच (फ्याक्ट चेक) गर्न मिल्ने सुविधा प्रयोगकर्ताहरुलाई दिएको छ । ट्वीटरले पहिलो पटक ट्रम्पका दुई वटा ट्वीटमा आश्चर्यवाचक चिह्न राखिदिएर त्यसको तथ्य जाँच्न ट्वीटर प्रयोगकर्तालाई भनेको छ ।

ट्रम्पले हालै राष्ट्रपति चुनावको विषयमा एक ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘हुलाकमार्फत् मतदानमा धाँधली हुने सम्भावना हुन्छ । हुलाक पेटिका चोरी हुन सक्छ, फर्जी मतदान हुन सक्छ र अवैध तरिकाले प्रिन्ट गरे पनि पठाउन सकिन्छ ।’

यस ट्वीटमा ट्वीटरले ‘हुलाकबाट हुने मतदानबारे तथ्यहरू जान्नुहोस्’ भन्दै निलो रंगमा लेखिदिएको छ । त्यसमा क्लिक गरेर ट्वीटर प्रयोगकर्ताले फ्याक्ट चेक गर्न सक्छन् ।

फ्याक्ट चेकको सामना गर्नु परेपछि ट्रम्पले भने ट्वीटरले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाएको आरोप लगाएका छन् ।

भ्रम सिर्जना गर्ने खालका सूचनाका विषयमा नयाँ नीति लिने घोषणा ट्वीटरले यसै महिनाको सुरुमा गरेको थियो ।

विश्वभरका नेताहरूले सफेद झुट बोल्ने गरेका कारण मिडियाहरूले पनि बेलाबेला फ्याक्ट चेक गर्ने स्तम्भ नै चलाउनुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?