
१४ जेठ, जनकपुधराम । सिरहामा फेला परेका दुई जना कोरोना संक्रमित नेपाल प्रहरी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सिरहामा थप दुई जना पोजेटिभ फेला परेको जनाएको छ ।
फेला पर्ने दुबै जना नेपाल प्रहरी हुन् । एक जना सिरहा प्रहरी प्रमुखका अंगरक्षक र अर्काे एक जना सवारी चालक रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाइँले जानकारी दिएका छन् ।
उनका अनुसार दुबैलाई आइसोलेसनमा लगिएको छ । योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4