+
+
Shares

सेना परिचालन गर्न कर्णाली सरकारले माग्यो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १५:५९

१४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले रोकोना भाइरस (कोभिड-१९) रोकथामका लागि सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ ।

ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो ।

प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक ४ हजार कर्णालीवासी भारतबाट फर्किने गरेका छन् । हाल कर्णालीका ८० हजार नागरिक भारतमा रहेको र ३० हजार फर्किने प्रदेश सरकारको अनुमान छ ।

ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ । हालसम्म कर्णालीमा भारतबाट आएका २३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

– यज्ञ खत्रीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?