+
+
Shares

प्रदेश १ ले बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १९:५९

१४ जेठ, विराटनगर । प्रदेश १ सरकारले कृषि, शिक्षा, स्वास्थ्य र उद्यमशीलतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ ।

बुधबार सुरु प्रदेशसभा अधिवेशनमा बजेट सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले उत्पादन र रोजगारीमा आधारित बजेट आउने बताए ।

बजेटको आकार चालु आर्थिक वर्षमा भन्दा घट्ने बताउँदै आङ्बोले बजेट कोरोना महामारी रोकथाम र नियन्त्रण, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि तथा उद्यमशीलताको विकासमा केन्द्रित हुने बताए ।

बजेटको प्राथमिकतामा शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार, गुणस्तरीय र दिगो पूर्वाधार विकास, सूचना प्रविधिको विकास र विस्तार रहेको उनले बताए ।

विदेशबाट आएका नेपालीहरुको सीपको प्रयोग गर्ने र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने, एक पालिका एक उद्योग, विद्यालयहरु मर्जका योजना प्राथकितामा छन् ।

प्रदेशमा जडिबुटी जोन निर्माण गर्ने, मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमलाई निरन्तरता दिने, प्रदेशसभा भवन र आवास गृह निर्माण गर्ने र म अघि बढछु कार्यक्रमलाई निरन्तरता दिने प्राथमिकतामा राखिएको मन्त्री आङ्बोले बताए ।

प्रदेश सभामा बिहिबारदेखि प्रिबजेट छलफल सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?