+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर : चिकित्सक संघ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते २१:४१

१४ जेठ, काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत २ चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै घटनाका दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

कोभिड–१९ रोकथाम, नियण्त्रण र उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेर मनोबल गिराउने काम गरिएको भन्दै संघले अस्पताललाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेको छ ।

‘संवेदनशील र विषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरू युद्ध मैदानबाट फिर्ता हुने अवस्था निम्त्याउनका लागि दोषीउपर कानूनी कारबाही गर्न तथा स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रूपमा घोषणा गर्न जोडदार माग गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बुधबार बिहान नेपाल मेडिकल कलेज जोरपाटीमा उपचाररत ६४ वर्षीय महिलाको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि तिनका आफन्तले लापरबाहीबाट घटना हुन पुगेको भन्दै २ चिकित्सकमाथि हातपात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?