
१४ जेठ, काठमाडौं । नेकपा नेता जनार्दन शर्माले चौरजहारी घटनाबारे आफूले राखेको भनाइलाई गलत ढंगले व्याख्या गरिएको गुनासो गरेका छन् ।
रुकुम पश्चिमका जनप्रतिनिधिसमेत रहेका शर्माले संसदमा बोलेका विषयलाई बंग्याएर गलत रूपमा व्याख्या गरिएको बताए ।
‘संसदमा मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ,’ शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
चौरजहारी प्रकरण मानव सभ्यताको खिल्ली उडाउने घटना भएकाले त्यसमाथि निष्पक्ष छानबिन गर्न पनि शर्माले माग गरेका छन् । उनले छानबिनमा सघाउने प्रतिबद्धता पनि दोहोर्याएका छन् ।
पश्चिम रुकुमको चौरजहारीमा जेठ १० मा विवाहका लागि गएका जाजरकोटका नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुुनारको हत्या भएको थियो । उनीहरूसँगै गएकामध्ये दुई अझै बेपत्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4